२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अत्यधिक गरिबीबाट विचलित अफगान नागरिकद्वारा काबुलमा आत्मदाह ’

अ+ अ-

काबुल । तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशमा आएको आर्थिक सङ्कटका कारण आफूले दुई छाक टार्नसमेत कठिन भएको भन्दै यहाँका एक नागरिकले बिहीबार काबुलमा आत्मदाह गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

करिब २० वर्षका अफगानी नागरिक स्पिन गुलले अप्रिल १८ मा आफैले शरीरमा आगो लगाएका थिए । आत्मदाह गर्ने प्रयासमा जलेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खामा प्रेसले जनाएको छ ।

चार छोराछोरीका बाबु गुल आफ्नो परिवारको लागि आम्दानीको एक मात्र स्रोत थिए । गरिबीका कारण उनी पछिल्लो समय मानसिकरूपमा पनि अस्थिर रहेको गुलका दाजुले बताएका छन् ।

गुलकी हजुरआमाका अनुसार ठेलागाडामा तरकारी बेच्दै आएका गुलले देशमा शासन परिवर्तन आएपछि परिवारमा आएको आर्थिक सङ्कटका कारण आत्महत्या गरेको बताइन् ।

खराब आर्थिक अवस्थाका कारण गुलले आत्महत्या गरेको प्रतिवेदनको खण्डन गर्दै अफगान आन्तरिक मन्त्रालयले मृतकलाई मानसिक सन्तुलन ठिक नभएको बताएको खामा प्रेसले जनाएको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानले आर्थिक सङ्कटको सामना गरिरहेको परिवारका आफन्तहरूले दाबी गरेका छन् ।

सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो ।

तालिबानको सत्तामा द्रुत आरोहणको परिणामस्वरूप आर्थिक गडबडी र खाद्यान्नको अभाव भई देशको गरिब समुदायमा मानवीय सङ्कट आएको तालिबानका आलोचकहरूले बताउने गरेका छन् ।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि युरोप तथा अमेरिकाले उनीहरूको मुलुकमा रहेको अफगान सम्पत्तिलाई रोक्का गरेको र दाता राष्ट्रले तालिबान शासकमाथि शङ्काको दृष्टिले हेर्दा अफगानिस्तानमा आर्थिक सङ्कट झाँगिएको बताउने गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार अफगानिस्तानमा हाल २३ लाख मानिसले खाद्यान्न अभावको सामना गरिरहेका र ९५ प्रतिशत अफगानीहरूसँग दिनमा दुई छाक टार्ने स्रोतको समेत अभाव रहेको र उनीहरूलाई दाताहरूको सहयोग उपलब्ध गराइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस