२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि परिषदले यौनजन्य दुर्व्यवहारको उजुरी सुन्ने अधिकारी तोक्यो

अ+ अ-

काठमाडौँ । त्रिवि कार्यकारी परिषदले त्रिभुवन विश्वविद्यालयभित्र अथवा क्याम्पस संस्थान परिसरभित्र कर्मचारी वा अध्ययनरत विद्यार्थीहरुमाथि हुने यौनजन्य दुर्व्यवहारको उजुरी सुन्ने सुनुवाइ अधिकारी तोकेको छ ।

त्रिवि कार्यकारी परिषदको २०७८ साल चैत २५ गते बसेको बैठकको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय वा यसको परिसर वा क्याम्पस, अनुसन्धान केन्द्र, अध्ययन संस्थान, सङ्काय वा यस अन्तर्गतको परिसरभित्र कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा उजुरी सुन्ने अधिकारीको रुपमा सम्बन्धित निकाय प्रमुखलाई र केन्द्रीय कार्यालयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारीको रुपमा तोकेको त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘’कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार जस्ता कार्य गरे पीडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जो सुकैले त्यस्तो व्यक्ति उपर व्यवस्थापक समक्ष १५ दिनभित्र लिखित वा मौखिक गुनासो गर्न सक्नेछ र त्यस्तो गुनासो परेमा व्यवस्थापकले सो सम्बन्धमा तुरुन्त छानबिन गर्नेछ ।’

यस्तै दोषीलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ अन्तर्गत कारबाही हुने निर्णय भएको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस