२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

अ+ अ-

खोटाङ । कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ ।

अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसी पाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।

अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चाबहिल, काठमाडौँमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको छ ।

साबिकको महादेवी स्थान गाविस–४ हाल हलेसी तुवाचुङ नगरपालिका–७ का कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोजले सूचना तथा प्रसारण विभागमा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको रजिस्ट्रेसन नम्बरलगायत सबै मिलेको पाइएको छ ।

अर्काका नामको शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र र लब्धाङ्कपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना समावेश गरी सरकारी छाप र दस्तखतसमेत कीर्ते गरेर पेस गरेको कागजातका आधारमा अनलाइन दर्ता गरेर सञ्चालन गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

आवश्यक प्रमाणसहित स्थानीय एक व्यक्तिले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरी मङ्गलवार जिल्ला ल्याइएको सूचना अधिकारी साहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले प्रतिवादी गिरीलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।

गिरीलाई जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा मङ्गलवार पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सूचना तथा प्रसारण विभागमा विसं २०७६ असोज–५ गते दर्ता भएको सो अनलाइन मिडियाको दर्ता प्रमाणपत्र नं १५६५–२०७६–०७७ रहेको छ । गिरीमाथि अनलाइन सञ्चारमाध्यममार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने, नियोजित र प्रायोजित समाचार लेख्ने गरेको लगायतका आरोप लागेको छ ।

गिरीले अनलाइन मिडिया दर्ताका लागि सूचना तथा प्रसारण विभागमा पेस गरेको प्रमाणपत्रमा एसएलसी विसं २०६० मा, आइए विसं २०६३ मा र बिए २०६५ मा उत्तीर्ण गरेको भेटिएको छ । विसं २०६५ मा बिए तीन वर्षे थियो ।

प्रतिक्रिया दिनुहोस