२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा विराटनगर, धरान र इटहरीको उम्मेदवार सिफारिस

अ+ अ-

विराटनगर । नेकपा एमालेको प्रदेश १ कमिटीले विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिकाको उम्मेदवार केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

मङ्गलवार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापा, परशुराम बस्नेत, बाबुराम कार्की, महेश भट्टराई र रामलाल साहको नाम सिफारिस गरेको एमाले प्रदेश १ कमिटी सचिव चिन्तन पाठकले जानकारी दिए ।

प्रदेश कमिटीले सुझावको रूपमा प्रदेश १ सरकारका पूर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरेको नाम पनि सिफारिस गरेको छ ।

उपमेयरको उम्मेदवारका लागि शिल्पा कार्की, विमला दाहाल र अन्जु उपाध्यायको नाम सिफारिस गरिएको छ ।

एक जना मात्र उम्मेदवार सिफारिस गर्ने प्रयास गरे पनि सहमति जुट्न नसक्दा महानगरको मेयरमा पाँच जनाको नाम सिफारिस भएको प्रदेश कमिटीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा प्रदेश कमिटीले उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा र एमाले नेता बन्नुलाल चौधरीको नाम सिफारिस गरेको छ ।

नगर कमिटीले सिफारिस गरेका मेयरसहित दुई जनाको नाम भने प्रदेश कमिटीले कटौती गरेको छ । मेयर द्वारिकलाल चौधरी र रेवती घिमिरेको नाम प्रदेश कमिटीले केन्द्रमा पठाएन ।

प्रदेश सचिव पाठकले चौधरीको नाम तल्लो कमिटीबाट नआएका कारण प्रदेशले सिफारिस नगरेको दाबी गरे । उनले उपमेयरको उम्मेदवार छनोटका लागि संगीता चौधरी, अमला श्रेष्ठ, अम्बिका चौधरी, विष्णु शर्मा र रामचरण चौधरीको नाम सिफारिस गरेको बताए ।

धरानको मेयरमा एमालेले मोतीराज सुनुवार, मञ्जु भण्डारी, विजय राई र मनोज मेन्याङ्बोको नाम सिफारिस गरेको छ ।

नगर कमिटीले ११ जनाको नाम पठाएकामा प्रदेशले रमेश बस्नेत, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला, तीर्थ मास्केको प्रदेश कमिटीले कटौती गरेको छ ।

प्रदेश कमिटीले उपमेयरमा भने पदम इस्बो, लहरुमाया जिमी, सविता राई, सुशीला पहाडीको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस