२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा सत्ता गठबन्धनबिच चुनावी तालमेल गर्न सकस

अ+ अ-

गलेश्वर । सत्तारुढ गठबन्धनले आफूले जितेको ठाउँ सुरक्षित गर्न र अरू दलले जितेको पालिकाको नेतृत्व हत्याउने प्रयासमा छन् ।

सत्तारुढ गठबन्धनले आन्तरिक कलह मिलाउन भने सकिरहेका छैनन् । केन्द्र र प्रदेशबाट गठबन्धनबिच तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि स्थानीय तहमा दलहरूका आ–आफ्नै दाबी र अडान छन् ।

फलस्वरूप गठबन्धन दललाई स्थानीय तहको भागबन्डा टुङ्गो लगाउन सकस भइरहेको छ ।

चुनावमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका सत्ता साझेदार दलहरूका बिच म्याग्दीमा सहमति जुट्न नसकेपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आआफ्नो पार्टीबाट उम्मेदवार छनोट गरेर चुनावी अभियानसमेत सुरु गरिसकेका छन् ।

निर्वाचन आउन अब २३ दिन मात्र बाँकी रहँदा स्थानीय तह बाँडफाँटमा सहमति जुट्न नसकेपछि सत्ता साझेदार दलहरूका नेताहरूले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू तीन पटक बैठक बसेर छलफल गर्दा पनि कुन स्थानीय तहमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

सत्ता गठबन्धनमा आबद्ध मुख्य दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच भागबन्डामा कुरा नमिलेपछि नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

पटक–पटक बैठक बसे पनि उनीहरू निष्कर्षमा पुग्न सकेका छैनन् । बैठक निष्कर्षविहीन भएपछि दलहरूले चुनावको आ–आफ्नो तयारी थालेका छन् भने सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काँग्रेसलाई दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रेसम जुग्जालीले एमाले हराएर काँग्रेसलाई ठुलो बनाउन माओवादी सहयोगी नहुने चेतावनी सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् । गठबन्धनमा आबद्ध जिल्लाका दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी, सङ्घीय समाजवादी र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

नेपाली काँग्रेसले मालिका गाउँपालिका माओवादीलाई छाड्न नमानेपछि गठबन्धनमा सङ्कट पैदा भएको एक नेताले बताए । काँग्रेसले जितेको पालिका माओवादीलाई कुनै पनि हालतमा छाड्न नसकिने अडान काँग्रेसले लिएको छ ।

माओवादीका जिल्ला संयोजक नै उम्मेदवारका रूपमा अगाडि बढेकाले आफ्नो दलले जसरी पनि मालिका पाउनुपर्ने अडानमा माओवादी छ । काँग्रेसले भने माओवादीलाई मङ्गला र धौलागिरि गाउँपालिका दिन तयार भएको बताइएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले पनि जिल्लामा एक स्थानीय तहको प्रमुखका लागि माग गरेको छ ।

गठबन्धन दलमा कुरा नमिलेपछि नेपाली काँग्रेसले बेनी नगरपालिकामा चिरञ्जीवी पौडेललाई प्रमुख पदको उम्मेदवार बनाएर चुनावी अभियान सुरु गरेको छ भने मालिका गाउँपालिकामा वर्तमान अध्यक्ष श्रीप्रसाद रोकालाई नै अध्यक्षको उम्मेदवार बनाएको छ ।

त्यसै गरी मङ्गला गाउँपालिकामा वीरेन्द्र बुढाथोकीलाई अध्यक्षको उम्मेदवार बनाएर चुनाव प्रचारप्रसारमा लागेको छ । धवलागिरि, रघु गङ्गा र अन्नपूर्ण गाउँपालिकामा भने अध्यक्षको उम्मेदवार काँग्रेसले अझसम्म पनि छनोट गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस