काठमाडौँ । सत्ता गठबन्धनले तीन दिनदेखि निरन्तर छलफल गरे पनि महानगर र उपमहानगरको सिट बाँडफाँटको टुङ्गो लगाउन सकेको छैन ।
आइतबार, सोमबार र मङ्गलवार दिनभर छलफल गरेका पाँच दलका शीर्ष नेताहरूले मङ्गलवार त आधा रातसम्म छलफल गरेका थिए ।
तीन दिनसम्म भएको छलफल र समझदारीबमोजिम बुधबार त्यसलाई अन्तिम रूप दिन निर्णायक बैठक बसेको नेताहरूले दाबी गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले पाँच दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । बैठकमा कार्यदलका केही सदस्यहरू समेत सहभागी छन् ।