२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलम्चीको पानी वितरणको तयारी गर्न मन्त्री चौधरीको निर्देशन

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् ।

पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उनले निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरी जलमा आइपुगेपछि आज प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरूलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

‘वैशाखमा कुनै हालतमा पानी आउँदैन भन्थे, गत वर्ष असार १ गतेको बाढीले मेलम्चीको मुहानमा ठुला ठुला ढुङ्गा आएको थियो, नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाई चैतमै पानी काठमाडौँतर्फ पथान्तरण गरियो, घरघरमा धारामा पानी झरेपछिमात्र पथान्तरणको अर्थ हुन्छ, यसैले वैशाख ११ गते धारामा पानी वितरण गर्ने गरी प्रशोधनलगायत वितरण प्रणालीका काम गर्नुस्,’ मन्त्री चौधरीले भने ।

संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न मन्त्री चौधरीले निर्देशन दिए । काठमाडौँ उपत्यकाका १० वटै पानी पोखरीबाट समानुपातिक रूपमा पानी वितरण गर्न उनले आह्वान गरे । मेलम्चीवासीलाई लेबीस्वरुप पाँच प्रतिशत रकम दिने सहमति भएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई महसुल उठाउन मन्त्रालयले निर्देश गरेको छ ।

मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मत सम्भार गरी सडक पुनः निर्माण गरिने बताए । काठमाडौँ उपत्यकामा हाल तीन लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप एक लाख ६० हजार धारा निर्माण गरिसकिएको उनले जानकारी दिए । मेलम्चीको पानी नयाँ र पुरानो दुवै धाराबाट वितरण गरिने बताइएको छ ।

मुहानबाट २६० लिटर प्रतिसेकेन्डका दरले सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरी जल आइपुगेको थियो । सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ । भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ । यसअघि राजधानी आइपुगेको पानी गत वर्ष असार १ गतेको बाढीका कारण मुहान क्षेत्रका संरचना भत्किएपछि अवरुद्ध भएको थियो ।

मेलम्ची आयोजनाले अहिले अस्थायीरुपमा पानी ल्याउन लागेको हो । वर्षा लागेसँगै फेरि पानी बन्द गरिने छ । वर्षा कम भएपछि फेरि पानी ल्याउने तयारी गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस