लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोसपा छाडेर एमालेमा गए जनकपुर ७ का वडाध्यक्ष साह


६ बैशाख २०७९, मंगलबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् ।

एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिबद्धता जनाएका छन् ।

साह जनकपुरधामको मेयर उठ्ने तयारीमा छन् । उनले केही समयअघि उपमहानगरका पाँच ठाउँमा सम्पर्क कार्यालय नै खोलेका थिए ।

उनले मेयर उठ्ने घोषणा गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस