२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको सेती खोँचमाथि बहस

अ+ अ-

पोखरा । पोखराको भूगर्भबाट बग्ने चर्चित सेती नदीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताले बताएका छन् ।

पोखराको युनाइटेड क्लबले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘पोखरामा सेती खोँच एक पर्यटकीय गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रम सहभागी वक्ताले सेती गल्छीलाई एक साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनाकाबारेमा जोड दिएका हुन् ।

बहसमा भूगोलविद् प्रा. डा. कृष्ण केसीले अन्नपूर्ण हिमालदेखि तनहुँको भिमादसम्मको वृत्तचित्र प्रस्तुत गर्दै सेती गल्छीलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरी उक्त ठाउँलाई भूगोलका विद्यार्थीलाई अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने धारणा राखे । भूगर्भबाट सुस्ताइरहेको सेतीले पर्यटकको ध्यानाकर्षण गर्न सक्ने जनाउँदै क्लबले सेती गल्छीका बारेमा चासो राखेर अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नु निकै सकारात्मक भएको बताए ।

वातावरणविद् एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त योजनाका सदस्य जुद्धबहादुर गुरुङले सेती नदीको गल्छीले पर्यटकीय गन्तव्य बन्न सक्ने जनाउँदै क्लबको पहलमा छिट्टै एक साहसिक पर्यटकीय गन्तव्य बन्नेमा विश्वस्त रहेको बताए ।

उनले आफ्ना तर्फबाट गर्नुपर्ने सहयोगका लागि प्रतिबद्धतासमेत जनाए । उनले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न यस्ता पर्यटकीय सम्भावना बोकेका चर्चित स्थानको खोजी गरेर प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको कार्य सुरु भइसकेको र हाल निर्माण कार्य जारी भइरहँदा क्लबले लिएको अर्को उद्देश्य सेती नदी संरक्षणसँगै नदीलाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्नका लागि सानो पहलकदमी थालनीस्वरुप कार्यक्रमको आयोजना गरिएको बताए ।

पोखरालाई उत्कृष्ट पर्यटकीय सहरका रूपमा विकास गर्न युनाइटेड क्लबले आफ्नो ठाउँबाट विभिन्न गतिविधि गर्दै आएको उनको भनाइ थियो । उनले आगामी दिनमा पोखराको बिच भागबाट बग्ने सेती नदीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्न आफूहरूले पहल गर्ने र सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने जानकारी गराए ।

क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले चिडियाखानालाई प्रक्रिया पूरा गरी प्रदेश सरकारलाई जिम्मा दिएपश्चात् डिभिजन वन कार्यालयको मातहतबाट सञ्चालनको कार्य भएको जनाउँदै सेती खोँचलाई पनि यसको सम्भाव्यता अध्ययन गरी एक साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने क्लबको उद्देश्य रहेको बताए ।

अन्नपूर्ण हिमालबाट बग्दै आएको उक्त नदी पोखराको बीचभागबाट कतै लुक्दै त कतै देखिँदै बग्दाको दृश्य निकै सुन्दर देखिन्छ । देवघाटको त्रिशूलीमा विलीन हुने यस खोँचलाई विभिन्न साहसिक गतिविधि सञ्चालन गरेर पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनाबारेमा बहस भएको क्लबका सचिव दिनेश सुनारले जानकारी दिए ।

प्रा. डा. इन्द्र तिवारी, प्राडा कृष्णप्रसाद पौडेल, भूगर्वविद् सोमनाथ सापकोटा, सहप्राध्यापक रामजी पोख्रेल, नागरिक समाजका अभियानकर्मी रामबहादुर पौडेल, युवा व्यवसायी तथा पर्यटनकर्मी अनिल थापा, गणेश तिमिल्सिनालगायतले सेती खोँचका विषयमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस