२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो गर्मी, पश्चिम तराईमा लगातार ३ दिनसम्म तातो हावा चल्ने

अ+ अ-

काठमाडौँ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

खास गरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने विज्ञहरुको भनाइ छ ।

मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने छ ।

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार हिजो देशका सात स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको थियो ।

‘आज, भोलि र पर्सि पनि तापक्रम हिजोको जस्तै हुने अनुमान छ,’ प्रधानाङ्गले भने ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुन्छ । गर्मीको बेला सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

बिहीबारदेखि भने तापक्रम केही घट्ने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए । बिहीबारदेखि नै बदली हुने र केही स्थानमा हल्का पानी पनि पर्ने हुँदा गर्मीमा केही राहत मिल्ने छ ।

‘तुलनात्मक रुपमा पश्चिमभन्दा पूर्वमा अलि बढी वर्षा हुने सम्भावना छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस