२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : ओली

अ+ अ-

सिमकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन् ।

उनले करिडोर निर्माणलाई तीव्र गतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

एमाले हुम्लाले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउने दाबीसमेत गरे । जनताको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठुला योजना अघि सारेको उनले दाबी गरे ।

आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीव्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि पुनः फड्को मार्ने दाबी गरे ।

हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुला नहुँदा यहाँका नागरिकले पीडा भोग्नु परेको बताउँदै उनले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित अन्य पालिकाका अधिकांश वडाहरूमा टेलिफोनले राम्रोसँग काम नगरेको आफूले सुनेको बताए ।

कर्णाली करिडोर हिल्सासम्म जोड्नका लागि आफूले कुरा अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष ओलीले दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा उपचार गर्न समस्या भोग्नु परेको बताए । उनले अन्तर जिल्ला जोड्ने निजी एयरलाइन्सले दैनिक एक फ्लाइट गर्न आवश्यक छ भने ।

उनले भने, ‘हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्राथमिकता दिनुपर्छ । भूगोल अनुसारको विकास पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ ।’ ज्येष्ठ नागरिकको जीवन बिमा एमाले सरकारमा हुँदा लागू भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘एकल महिला, ज्येष्ठ नागरिक, वृद्ध वृद्धा र अपाङ्गताको दुःख हेर्ने जनताको पार्टी एमाले नै हो ।’

अध्यक्ष ओलीले उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीन जना बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पठनपाठन गराइदिने बताए । उनले तिल, जाङ, र हल्जीका गाउँमा रहेका तीन वटै विद्यालयका तीन जना बालबालिकालाई निःशुल्क पठनपाठन गराई दिने बताए ।

प्रतिक्रिया दिनुहोस