मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँ : अध्यक्ष ओली


४ बैशाख २०७९, आइतबार


मलङ्गवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा हिजो (शनिबार) आयोजित कार्यक्रममा उनले भने, ‘मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।’

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ ।

उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस