२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले संविधान, सङ्घीयता र समावेशी लोकतन्त्रको रक्षाका गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

‘संविधानको रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ’, उनले भने । प्रतिगमनकारी दलहरूबिच हुन लागेको गठबन्धनले पाँच दलीय गठबन्धनलाई कुनै फरक नपर्ने उनको भनाइ थियो ।

मनमोहन मेमोरियल अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले अन्तर्राष्ट्रियकरण स्वास्थ्य सेवा प्रदान गर्नका लागि विदेशी लगानी भित्र्याउनुपर्ने बताए । ‘अस्पताललाई अब नयाँ ढङ्गले सञ्चालन गर्नुपर्छ’, उनले भने ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा ऐन पारित गरेको बताउँदै सोही ऐनअनुसार मनमोहन अस्पताललाई पनि विश्वविद्यालयका रूपमा अगाडि बढाउन सकिने धारणासमेत राखे ।

उनले मनमोहन अस्पतालमा कर्मचारी भर्ना, बढुवा, सरुवा गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने बताउँदै नयाँ सञ्चालक समितिलाई इमानदार र लगनशील भएर काम गर्न आग्रह गरे ।

विसं २०६२ चैत ४ गते सहकारी दर्ता गरेर विस २०६३ जेठ १ गतेदेखि काठमाडौँमा सञ्चालनमा आएको मनमोहन अस्पतालले अहिले झापाको बिर्तामोडमा समेत १०० शय्याको अस्पताल सञ्चालन गरेको छ ।

यस्तै काठमाडौँको रवि भवनमा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौँको दह चोकमा अस्पताल भवनसमेत निर्माण गरेको छ ।

स्थापनामा २८ जना संस्थापक शेयर रहेको अस्पतालमा हाल दुई हजार ६०० भन्दा बढी शेयर धनी रहेको सो अस्पतालले जनाएको छ

प्रतिक्रिया दिनुहोस