२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जितेका पालिका आफैसँग रहने गरी गठबन्धन गर्ने काँग्रेसको निर्णय

अ+ अ-

दमौली । नेपाली काँग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ ।

काँग्रेस तनहुँको आज सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा काँग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो ।

काँग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ । ‘काँग्रेसले जितेका ठाउँ छाडेर जाने मर्म छैन, सत्ताका लागि मात्रै गठबन्धन गर्ने होइन, मतभारका आधारमा गठबन्धन गर्ने अधिकांशको जोड रह्यो’, जिल्ला सचिव लक्ष्मीभक्त खनालले भने ।

सत्तारुढ दलको गठबन्धनले यस अगाडि तनहुँमा पटक–पटक बैठक गरी निर्वाचनमा मिलेर जाने सहमति गरेका थिए । गठबन्धनको बैठक आइतबार पुनः बस्दै छ ।

विसं २०७४ को स्थानीय निर्वाचनमा काँग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकाका प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख, उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, शुक्ल गण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो ।

दमौलीमा योग विज्ञान शिविर सुरु
पतञ्जलि योग जिल्ला समिति तनहुँको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा आजदेखि वृहत् योग विज्ञान शिविर सुरु भएको छ । योगप्रति सर्वसाधारणलाई आकर्षित गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ खुला मैदानमा बृहत् योग विज्ञान शिविर सुरु भएको छ । शिविर वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

‘योग गरौँ ः निरोगी रहौँ’ भन्ने नारासहित योगको बारेमा प्रचारप्रसार गर्दै स्वस्थ रहन उत्प्रेरित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बृहत् योग विज्ञान शिविर व्यवस्थापन समितिका संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए । जुनसुकै उमेर र क्षमताका महिला तथा पुरुष निरोगी भएमा सधैँ स्वस्थ रहन, रोगी भएमा रोगबाट छुटकारा पाउन योगको आवश्यकता रहेको श्रेष्ठले बताए ।

शरीरमा रक्तसञ्चार बढाउन, शरीरका सबै अङ्गमा अक्सिजनको मात्रा पुर्‍याउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन, विभिन्न प्रकारका रोग जस्तै टाउको दुखाइ, कब्जियत हुने, घुँडा दुखाइ, मधुमेहसम्बन्धी समस्या निराकरणका लागि नियमित योगको आवश्यकता रहेको श्रेष्ठ बताउँछन् ।

पतञ्जलि योग समिति शुक्ल गण्डकी, शुक्ल गण्डकी नगर उद्योग वाणिज्य सङ्घ र शुक्ल गण्डकी नगरपालिकाको संयुक्त आयोजनामा खैरेनीटारमा पनि शुक्रबारदेखि निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।

शुक्ल गण्डकी नगरपालिका–७ स्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा सुरु शिविर वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने शुक्ल गण्डकी नगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा योगको आकर्षण बढिरहेको छ । पतञ्जलि विभिन्न स्थानीय तह र सङ्घसंस्थासँग समन्वय गरी योग शिविर सञ्चालन गर्दै आएको छ । यस अगाडि व्यास नगरपालिकाको सहयोगमा व्यास नगरपालिका–५ चापाघाटमा र आँबुखैरेनी गाउँपालिकाको सहयोगमा आँबुखैरेनी गाउँपालिका–३ राम शाह प्राविमा शिविर सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस