२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले तोक्यो उपत्यकाका ३ जिल्लाका चुनावी कमान्डर

अ+ अ-

काठमाडौँ । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीको शनिवारको बैठकले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ ।

काठमाडौँका लागि कमिटीका उपाध्यक्ष विदुर कार्की, ललितपुरमा उपसचिव चन्द्र रिजाल र भक्तपुरमा उपसचिव उर्मिला सुनुवारले संयोजन गर्नेछन् ।

बैठकले विशेष प्रदेश मातहतका मजदुर विशेष जिल्ला कमिटी, पेसागत विशेष जिल्ला कमिटी, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, इलाका र शाखालाई परिचालन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उपत्यकामा रहेका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू यी जिल्ला कमिटी र अन्तर्गत कमिटीहरूमा सङ्गठित छन् । प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, विभिन्न निकाय तथा सङ्घसंस्थामा कार्यरत कर्मचारीहरू, हजारौँको सङ्ख्यामा मजदुर, विद्यार्थी, युवा यिनै विशेष कमिटीअन्तर्गत सङ्गठित छन् ।

बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा कमिटीका इन्चार्ज सुजिता शाक्यले आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक आ–आफ्नो बसोबास रहेको स्थानमा खट्न सबैलाई निर्देशन दिइन् ।

कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका कमिटीका सह इन्चार्ज बिना श्रेष्ठले स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्न सबै पार्टी सदस्यहरू आ–आफ्नो क्षेत्रमा सङ्गठित र समन्वय गरी खट्नुपर्ने धारणा राखिन् ।

प्रतिक्रिया दिनुहोस