२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आचारसंहिता उल्लङ्घन गरेमा कारबाही गरिन्छ’

अ+ अ-

हेटौँडा । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तोकिएबमोजिमको हदैसम्मको कारबाही हुने बताएका छन् ।

निर्वाचन आयोगले आज हेटौँडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्त दुरुस्त रहेको बताए ।

आयुक्त भण्डारीले निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत तथा अधिकृतलाई अभिमुखीकरण दिइसकेको उल्लेख गर्दै निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारमा भर नपर्न सबैसँग आग्रह गरे । ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन रहेकाले कुनै पनि हालतमा निर्वाचन हुन्छ’, उनले भने । आयुक्त भण्डारीले आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको छ, यसको उल्लङ्घन गर्ने जो सुकैलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाली सञ्चारमाध्यमले स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भव्य र सभ्य रूपमा सम्पन्न गराउनका लागि यहाँका सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

आयोगका महान्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले स्थानीय तह निर्वाचनमा विगतमा कारबाही कम भएको देखिए पनि यस पटक यस्तो नहुने भन्दै आचारसंहिता पालना गर्न लगाउन पनि मिडियाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । सञ्चारमाध्यममा आएका समाचारलाई आयोगले सूचनाका रूपमा लिनेसमेत उनको भनाइ छ ।

प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्केले निर्वाचनको समयमा मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिको रोकथाम, फेक समाचार, सूचना कसरी चिन्ने र प्रकाशन÷प्रसारणमा रोक लगाउनाका साथै काउन्सिलबाट हुने कारबाहीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्काले निर्वाचनसँग सम्बन्धित समाचार सङ्कलन र रिपोर्टिङका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेल, आयोगका शाखा अधिकृत तीर्थराज चापागाईँ नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले स्थानीय तहको निर्वाचनलाई सबै मिलेर निष्पक्ष र भव्य रूपमा सम्पन्न गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस