२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको निर्वाचन ‘न्यू इयर रिजुलुसन’ हो : प्रमुख थपलिया

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तह निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको बताएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले सम्पूर्ण बालिग मतदाता एवं देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महोत्सवमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले सन्देशमा भनेका छन्, ‘राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवारलाई मनोनयनमा प्राथमिकता दिनुपर्ने भनी कानुनको परिपालनामा जोड दिइएको व्यहोरा पुनः स्मरण गराउन चाहन्छु । यसबाट स्थानीय तहको निर्वाचनमा महिला सहभागिता र प्रतिनिधित्व उल्लेखनीय हुनेछ भन्नेमा आयोग विश्वस्त छ ।’

स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दललाई आयोगले पत्राचार गरिसकेको छ ।

आगामी स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्त्वपूर्ण ‘न्यू इयर रिजुलुसन’ भएको बताउँदै उनले निर्वाचनलाई उत्सवका रूपमा लिएर मतदानमा सहभागी हुनु बालिग मतदाताको अधिकार र कर्तव्य दुवै हो भन्ने बिर्सनु हुँदैन भने।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने जिम्मेवारीबाट निर्वाचनमा भाग लिने राजनीतिक दल एवं उम्मेदवारमुक्त हुन हुँदैन भन्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दल एवं उम्मेदवारबाट नयाँ वर्षमा गर्ने विभिन्न प्रतिबद्धतामा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने बुँदा छुट्ने छैन भन्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, ‘नयाँ वर्षको सुरुआतसँगै नागरिकलाई घरदैलोमै सेवा पुर्‍याउने तथा जनताको नजिकको सरकार भनेर चिनिने ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिने यो अवसरलाई सबै मतदाताले आफ्नो मतको महत्त्व बुझेर अमूल्य मताधिकार प्रयोग गर्न म सम्पूर्ण मतदातासमक्ष आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस