काठमाडौँ । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर तीन लाख घुस रकमसहित पक्राउ परेका छन् ।
प्रधानाध्यापक ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा आज (बुधबार) बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झा पनि समातिएका छन् ।
यमुनामाई गाउँपालिका-४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले दुबैलाई पक्राउ गरेको हो।