मेक्सिकोमा एकै घरका आठ जनाको हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेक्सिकोमा एकै घरका आठ जनाको हत्या


२९ चैत्र २०७८, मंगलबार


एसिड

मेक्सिको । मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको समाचारमा जनाइएको छ ।

मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

सोमबार सो हत्या भएको थियो । मारिएकामा छ जना महिला र दुई पुरुष छन् । त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ ।

अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन् । हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरुको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ ।

गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस