काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध स्थानीय चुनावमा संयुक्तरुपमा भिड्न लागेको सत्ता गठबन्धनले आज (मंगलबार) तालमेलको मोडालिटी टुङ्ग्याउन ‘निर्णायक’ बैठक गर्दै छ ।
हिजो (सोमबार) गठबन्धनमा आबद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो ।
बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाएको छ । तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुङ्ग्याउने बताइएको छ ।