२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेलधुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज : प्रचण्ड

अ+ अ-

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेलधुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताएका छन् ।

भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले स्वास्थ्य र शिक्षा मन्त्रालय, सम्बन्धित अस्पतालको त्रिपक्षीय सम्झौता गरेर मेडिकल कलेज स्थापना गर्नुपर्ने बताएका हुन् ।

डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो भने भरतपुर अस्पताल रहेको चितवन दाहालको गृह जिल्ला हो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा स्वास्थ्य, शिक्षा मन्त्रालय, सम्बन्धित अस्पताललगायतको त्रिपक्षीय सम्झौता गरेर सुदूरपश्चिम विश्वविद्यालयको मेडिकल कलेजका रूपमा विकास गर्ने एउटा मोडालिटी तयार भएको छ’, उनले भने, ‘भरतपुर अस्पताललाई पनि सेन्टर अफ एक्सिलेन्सका रूपमा र एकेडेमिक सेन्टरको रूपमा त्यही मोडालिटीअनुसार मैले यहाँबाट फर्केर गएपछि प्रधानमन्त्रीलाई भन्ने छु ।’

उनले भरतपुर अस्पताललाई पनि त्यही मोडालिटीमा पोखरा विश्वविद्यालयको मेडिकल कलेजका रूपमा स्थापित गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताए । उनले भने, ‘तपाईँले डडेलधुरामा गर्नु भएछ अब पालो चितवनको भन्ने छु । मलाई विश्वास छ प्रधानमन्त्रीले मेरो कुरा काट्नु हुने छैन । काट्न मिल्ने ठाउँ नै छैन ।’ प्रधानमन्त्रीले डडेलधुरामा गरेपछि आफूले चितवनमा माग्नु बिलकुल जायज भएको बताए ।

अस्पतालमा आवश्यक रहेको एमआरआई सेवा, मुटुरोगसम्बन्धी क्याथ ल्याब, ओएनएम र एकेडेमीको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले भने, ‘मैले यो अस्पताललाई आवश्यक परेका चारवटै कुरामा मेरो सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्रा डा सुनिलमणि पोखरेलले अस्पतालको वस्तुस्थिति र आवश्यकताका बारेमा प्रकाश पारेका थिए । न्यून जनशक्तिका कारण उपचारमा कठिनाइ भएको भन्दै आवश्यक पहलका लागि उनीहरूको अनुरोध थियो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाली काँग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपाने, नेकपा (समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, नाम्सका डिन प्रा डा पियुष दाहाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेललगायतले बोलेका थिए ।

सो अवसरमा ट्रमा एन्ड डाइग्नोस्टिक ब्लक भवन र कुरुवा भवनको दाहालले उद्घाटन गरेका थिए । वार्षिकोत्सवका अवसरमा प्रकाशित सञ्जीवनी पुस्तकको उनले विमोचन गरे ।

अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलको संयोजकत्वमा पुस्तक प्रकाशन गरिएको हो । कार्यक्रममा अस्पतालमा उत्कृष्ट कार्य गर्ने र बिदाइ भएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस