२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारण सभाको यहाँ आज उद्घाटन गर्दै उनले नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको भन्दै पर्याप्त छलफलका आधारमा त्यसलाई सही ढङ्गबाट परिचालन गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बताए ।

सरकारका प्रवक्ता कार्कीले भने, ‘हामी उदार अर्थतन्त्र र खुल्ला समाजमा विश्वास गर्दछौँ, आज हाम्रो अगाडि एउटै चुनौती छ कि मुलुकलाई यही पुस्तले कसरी धनी बनाउने ।

यो चुनौतीलाई पूरा गर्न हामी आ–आफ्ना क्षेत्रबाट इमानदारी, समर्पण र प्रस्ट दृष्टिकोणका साथ अगाडि बढ्यो भने धेरै गाह्रो छैन ।’

उनले समग्र मोबाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित भएको बताए ।

‘मोबाइल व्यवसायीको प्रमुख जटिल समस्या मोबाइलको आयात र व्यवसाय हो भन्ने लाग्छ, यो समस्याको समाधान गर्नका लागि नेपाल दूरसञ्चार संस्था प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ लागू हुनेछ, सरकार तपाईँको साथमा छ, मोबाइल व्यवसायलाई अगाडि बढाउन सरकार सहयोग गर्न तयार छ ।’

‘सामाजिक परिचालनसहितको व्यवसायी सुरक्षा’ भन्ने मूल नाराका साथ यही असार २०७८ मा स्थापना भएको महासङ्घ मोबाइल व्यवसायीहरूको सङ्गठित सङ्गठन हो ।

महासङ्घका अध्यक्ष भरत भट्टराईले सरकारको नीति नियमभित्र रही सञ्चालन भइरहेको मोबाइल व्यवसायलाई धराशायी बनाउन कर छली गरी ल्याइएका र ल्याइने अवैध सामग्रीमा पूर्ण रूपमा रोक लगाउन सम्बन्धित निकायसँगको सहकार्यमा पहल गर्ने बताए ।

महासङ्घले सो कार्यक्रममा क्याप्टेन विजय लामा, समाजसेवी अनुराधा काेइराला र डा सन्दुक रुइतलाई सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस