२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल कोरिया मैत्री नगर अस्पतालमा आजबाट स्वास्थ्यबीमा सेवा सुचारु

अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यबीमा सेवा सुरु भएको छ ।

सरकारले स्वास्थ्यबीमा बापतको नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो ।

आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले स्वास्थ्यबीमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवा लिँदै आएका बिरामीले उपचार र बिमाको सेवा प्राप्तिका लागि अन्त भौतारिनु नपर्ने बताए । अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिँदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताए ।
उनले स्वास्थ्य बिमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भए पनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बिमा बोर्डले तिर्नुपर्ने नौ करोड बाँकी भए पनि बाध्य भएर सेवा बन्द गर्नु परेको बताए ।

यहीँ चैत ११ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अनुगमन गरी बिमाबापतको बाँकी रकम भुक्तानी गर्ने तथा बिमा सेवा छिटो सुरु गराउने बताएका थिए ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्यमन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बिमा बोर्डले अब एकतर्फी रूपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गरेको बताए ।

सेवा शुभारम्भ कार्यक्रममा (नेकपा समाजवादी)भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले स्वास्थ्यबीमा सुचारु गराउने स्वास्थ्य मन्त्रीलाई ल्याएर अनुगमन गराएर यहाँका बिरामीले पाएको समस्याका बारेमा जानकारी गराएपछि बिमा सुचारु गराउन सफल भएको बताए ।
यसअघि बिमा सुचारु गराउन माग गर्दै (नेकपा माओवादी) केन्द्र मध्यपुरथिमिका सभापति विजय श्रेष्ठको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको थियो भने नेकपा समाजवादीका अध्यक्ष श्यामसुन्दर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बिमा सेवा सुचारु गर्न पहल गरेका थिए ।

आज अस्पतालमा नगर प्रमुख श्रेष्ठ, समाजवादीका जिल्ला अध्यक्ष बस्नेत र माओवादी केन्द्रका नगर समिति अध्यक्ष श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे । बिमा सेवा सुरु भएपछि आजैदेखि बिरामीको चाप पनि अस्पतालमा बढेको छ ।

दैनिक कम्तीमा ६०० देखि बढीमा ७०० जनासम्म बिमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउने गरेको नगर प्रमुख श्रेष्ठले बताए । यस अस्पतालमा बिमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् ।

हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसियु, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् ।

आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसिआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालका रूपमा चिनिएको थियो ।

अस्पतालले सिटी स्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथल्याब, मिर्गौलाका बिरामीका लागि छ वटा डायलिसिस मेसिन सञ्चालन तयारी गरेको उनले बताए ।

स्वास्थ्य बिमा कार्ड भएका बिरामीको प्रथम बिन्दु अर्थात् सिफारिस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बिमा अन्तर्गतको सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस