२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लखन थापाबारेको अभिव्यक्ति फिर्ता लिन ओलीलाई आग्रह

अ+ अ-

बुटवल । नेपालका प्रथम शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ ।

प्रतिष्ठानले बिहीबार (आज) बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको हो ।

प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामी मगरले २०७२ सालमा सरकारले तथ्य प्रमाणका आधार विधि प्रक्रिया पुर्‍याएर प्रथम शहीद घोषणा गरेको ६ वर्षपछि एमाले अध्यक्ष ओलीले अर्कै व्यक्तिलाई प्रथम शहीद बताउनु आश्चर्यजनक र शङ्कास्पद भएको बताए ।

उनले भने, ‘लखन थापालाई प्रथम शहीद घोषणा गरेर हुलाक टिकट प्रकाशन भयो, पाठ्यपुस्तक र सामान्य ज्ञानमा पनि आइसक्यो । लखन थापा प्रथम शहीद नभएको भए ओली आफैँ प्रधानमन्त्री हुँदा खारेज गर्नुपर्थ्यो, अहिले जथाभाबी बोल्नुले मगर समुदायमाथि अपमान भएको छ ।’

मगर सङ्घका अगुवा जनक थापा मगरले अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए मगर समुदायले एकीकृत आन्दोलन थाल्ने बताए ।

ओलीले गत १८ गते काठमाडौंमा पार्टी निकट अनेरास्ववियूको कार्यक्रममा नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी बोलेको विरोधमा केही दिनयता रुपन्देहीमा दिनहुँ आन्दोलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस