काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठकमा देशको पछिल्लो बिग्रँदो आर्थिक अवस्थाबारे छलफल भएको छ ।
बालुवाटारमा आज (मंगलबार) बसेको बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै विज्ञहरूको सुझावको आधारमा रणनीति बनाउने निर्णय गरेको हो ।
‘अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रिया आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय भएको छ’, बैठकमा सहभागी एक नेताले भने ।