२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाएको ओलीको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले भने, ‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’

आफूले प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ नदिएको भन्दै ओलीले भने, ‘यसकै लागि जानुभएको रहेछ ।’

उनले भने, ‘प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसद्ले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?’

सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि बुद्धिजीवी हात बाँधेर बसेको ओलीले टिप्पणी गरे । ‘अब बुद्धिजीवी हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ?’

प्रतिक्रिया दिनुहोस