२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटा नेपाल च्याप्टरको चुनावी प्रक्रिया विधान विपरीत भएको पूर्व अध्यक्ष पाण्डेको आरोप

अ+ अ-

काडमाण्डौँ । पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डेले पाटा नेपाल च्याप्टरको चुनावी प्रक्रिया विधान विपरीत भएको आरोप लगाएका छन् । शुक्रवार पत्रकार सम्मेलन गर्दै पाण्डेले २०७६ पुस २ मा सम्पन्न साधारण सभामा भएको निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार अनुज पाण्डेमाथि तत्कालीन पदाधिकारीहरू र निर्वाचन अधिकृतसमेतको मिलेमतोमा कपटपूर्ण जालझेल र उम्मेदवारी खारेजी गरिदिएको आरोप लगाउँदै यसका विरुद्ध आफू अदालत जाने तयारी गरिरहेको जानकारीसमेत दिए ।

उनले सो घटना पश्चात् निर्वाचन परिणाम तथा साधारण सभाको वैधानिकता खारेजीका लागि २०७६ पुस २८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको निवेदन अझैसम्म कारबाहीकै सिलसिलामा रहेकोसमेत पत्रकारसँग बताए ।

एक्प्रोलर हिमालय ट्राभल एन्ड एडभेन्चरका अध्यक्षसमेत रहेका पाण्डेले १९७५ मा स्थापना पश्चात् नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रियकरण गर्दै विभिन्न विधामा अग्रणी भूमिका खेल्दै आएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन अन्त्रगतको पाटा नेपाल च्याप्टरमा संलग्न केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थ तथा अपारदर्शी क्रियाकलापहरूका कारण अधोगति तर्फ गइरहेकोसमेत आरोप लगाउँदै यसलाई बचाउन आफू अगाडि आउन बाध्य भएको तर्क गरे ।

‘म स्वयम सन् २०१३ जनवरीदेखि २०१७ डिसेम्बर सम्म ५ वर्ष अध्यक्षको रूपमा कार्यरत रही विभिन्न गतिविधिमा आपसी सहकार्य मार्फत संस्थालाई उच्चतम सफलता उन्मुख बनाउँदै वरिष्ठ पर्यटन व्यवसायी, युवा व्यवसायी, उद्यमी, विद्यार्थी बुद्धिजीवी, विदेशी व्यक्तित्वहरूको मर्यादापूर्ण सहभागिता विधान मार्फत स्थापित गरेर पाटा नेपाल च्याप्टरलाई पारदर्शी तथा सहभागितामूलक संस्थाका रूपमा हस्तान्तरण गरेता पनि त्यसपछिका दिनहरूमा अवस्था साँघुरिँदै गएको देखियो ।’ उनले भने ।

पाण्डेले निष्पक्ष, स्वतन्त्र तथा पारदर्शी रूपमा प्रस्तुत हुँदै नयाँ पीढीसमेत समावेश गरेर पर्यटकीय सामाग्री उत्पादन, प्रवर्द्धन, सञ्जाल बिस्तार, ब्रान्ड विकास, व्यवसाय बिस्तार, पर्यटकीय शिक्षा, सङ्कट व्यवस्थापन तथा प्रविधि, सूचनाको सङ्कलन तथा सम्प्रेषण जस्ता गतिबिधिमार्फत् गर्बिलो इतिहास बोकेको, सार्वजनिक निजी साझेदारीमा सञ्चालित एक मात्र संस्था हाल संलग्न व्यवसायीहरूले एकलौटिकरण गर्दै संस्थालाई आफूमुनि तथा अन्तर्निहित उद्देश्यका साथ फरक बिचारलाई अवमूल्यन गर्दै बन्देज उन्मुख क्रियाकलाप बढाउँदै लगेको कारण पत्रकार सम्मेलनको अवस्थासम्म आई पुगेको धारणा राखे ।

२०७७ फागुन २१ मा पार्क भिलेज रिपोर्टमै भएको साधारण सभा मार्फत वैधानिक सदस्यहरूको अत्यन्तै न्यून उपस्थितिका बिच विधान संशोधन गर्दै प्रतिस्पर्धा तथा सहभागिताको घेरा लाईसमेत अत्यन्तै साँघुरो बनाउँदै सम्भवतः संलग्न व्यक्तिहरू मात्रै अध्यक्ष तथा पदाधिकारी हुन सक्ने अवस्था सृजना भएको पाण्डेले बताए । उनले यस प्रकारका क्रियाकलापले गर्दा व्यक्तिको संवैधानिक हक प्रदत्त प्रतिस्पर्धा तथा सहभागिताबाट विमुख गर्ने यस्तो विधान संशोधन खारेज गरियोस् भनी ०७७ चैत्र २ मा जिल्ला प्रशासन कार्यालय काठमाण्डौँका नाममा निवेदन पेस गरेका थिए ।

पाटाको यही चैत्र २८ गते हुन लागेको साधारण सभाको सन्दर्भमा संशोधित विधान निलम्बन गरेर सहभागी तथा प्रतिस्पर्धामूलक निर्वाचन सम्पन्न गर्नका लागि विभिन्न माध्यमबाट पहल भइरहेका बेला चैत्र १६ गतेका दिन निर्वाचन कार्यक्रम वितरण गरी सोही दिन १२ बजेदेखि निर्वाचन कार्यक्रम सीमित समय भित्र सम्पन्न गरी निर्धारित ब्यक्क्तिहरुलाई मात्र संलग्न हुने अवसर प्रदान गर्नुले वर्तमान कार्यसमितिको दूषित मनसाय देखिएको उनको भनाई छ । पाण्डेले निर्वाचन कार्यक्रम स्थगनका लागि चैत्र १६ गतेकै दिन जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दर्ता गराइसकेको जानकारी दिए ।

पाटा इन्टरनेशनलका कोषाध्यक्षसमेत रहेका पाण्डेले वर्तमान पदाधिकारीहरू एकलौटी रूपमा अघि बढ्दै सीमित ब्यक्तिहरुकोे घेराबन्दीमा कब्जा गर्न लागेकोले संस्था बचाउनका लागि पनि कानुनी उपचारमा जानुपर्ने अवस्था आएको बताए । तर यस विषयमा पाटाका अध्यक्ष विभूतीचन्द ठाकुरले भने वर्तमान कार्यसमितिले विधानकै अधीनमा रहेर आफ्ना कार्यहरू गरिरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस