२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले देशको हित र आवश्यकतालाई हेरेर परराष्ट्र नीति सञ्चालन गर्छ: डा. महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली काँग्रेसले देशको हित र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशले आज यहाँ आयोजना गरेको ‘दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै उनले काँग्रेसले देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएका हुन् । ‘काँग्रेसले सत्तामा हुँदा पनि नहुँदा पनि एउटै नीति अवलम्बन गर्छ,’ उनले भने ।

प्रवक्ता डा. महतले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका बारेमा छलफल गर्न सबै राजनीतिक दललाई बोलाएको स्पष्ट पारे । उनले विपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो फोन पनि गरेको भन्ने आरोप निराधार भएको बताए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेको डा. महतले प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नेपालको हित र राष्ट्रिय चासोका सबै विषयहरू कुरा उठाउने बताए । उनले नेपाल र भारतका बिचमा सीमा समस्याबाहेक अन्य सम्बन्ध सुमधुर रहेको बताए ।

प्रवक्ता डा. महतले खेलकुदमा युवाको मोह रहेको र यसका विधा पनि व्यापक भएकाले यसको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए । ‘यसमा थोरै लगानी गरे पनि धेरै प्रतिफल आउँछ, त्यसैले यसलाई प्राथमिकतामा राख्नुपर्दछ’, उनले भने ।

उनले त्यागी, सादा र सरल व्यक्तित्वका धनी नेपाली काँग्रेसका संस्थापक नेता, पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई पुनः स्मरण गराउँदै काँग्रेसको इतिहासलाई वर्तमान युवा पुस्तासँग जोड्न खेलकुद प्रतियोगिता आयोजना गरेकोमा सबैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस