२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखा नगरपालिकामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ सम्पन्न भएको छ ।

विद्यार्थीलाई जनप्रतिनिधिले गरेको कामका बारेमा जानकारी गराउनका साथै सङ्घीयताको प्रवर्द्धन गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले नगरपालिकाको शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका शाखाबाट सम्पादन गरिएका कार्यलाई विद्यार्थीमाझ चिनाउनका लागि ‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा नगरपालिका भित्रका प्रत्येक विद्यालयका तीन छात्रा, तीन छात्र र एक शिक्षकलाई समावेश गरिएको थियो । नगरपालिकामा हाल आठ सामुदायिक र ८५ संस्थागत विद्यालय छन् । कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रमले सङ्घीयता कार्यान्वयनमा समेत सहयोग पुर्‍याएको सो नगरपालिकाले जनाएको छ ।

‘जनप्रतिनिधिसँग विद्यार्थी कार्यक्रम’ मा टोखाभरिका ५०० भन्दा बढी शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । गत फागुनको दोस्रो हप्तादेखि सुरु गरिएको उक्त कार्यक्रम टोखाका ११ वटै वडामा सञ्चालन गरिएको उनको भनाइ छ ।

नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डङ्गोल, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख, ११ वटै वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको हकहितका लागि गरिएको कामबारे विद्यार्थीलाई अवगत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस