२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डको दाबी : गठबन्धन कायम रहन्छ, अर्थतन्त्र सुधार्न उपाय निकाल्छौँ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुबिधा नरहेको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुबिधा नरहेको बताएका हुन् ।

‘निर्वाचन अगाडि छ र गठबन्धनकै रुपमा जाने भन्नेतिर नै हामी प्रस्टै छौ’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाली काँग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो । काँग्रेस कार्यसमितिको पनि करिब करिब गठबन्धन कायम राखेर जाने भन्ने भइसकेपछि त्यसमा अब हामीभित्र दुबिधा छैन ।’

उनले निर्वाचनमा वर्तमान सत्ता गठबन्धन मिलेरै जाने भन्दै आउने निर्वाचनलाई शान्तिपूर्ण स्वच्छ, निष्पक्ष रूपले सम्पन्न होस् र परिणामले राजनीतिक स्थायित्वलाई राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने गठबन्धनको चाहाना रहेको बताए ।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र प्रत्येक सङ्कट मोचनको भूमिका खेल्नुपर्ने अवस्थामा रहँदै आए पनि त्यहीअनुसार सबैले माओवादीलाई स्विकार्ने अवस्था नहुनु विचित्रका रुपमा व्याख्या गरे । ‘तर त्यहीअनुसार सबैले स्वीकार गर्न नसक्ने बडो विचित्रको अवस्थामा छ । शान्ति सम्झौता, निर्वाचन हुँदै अहिले एमसीसीसम्म आउँदा पनि देशलाई राजनीतिक अप्ठ्यारोबाट बचाउनेमा माओवादी केन्द्र नै अग्रसर छ’, प्रचण्डको भनाइ छ ।

उनले माओवादीले खेलेको यही भूमिकाका कारण जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको दाबी गरे । ‘संविधान, समावेशी समानुपातिकको रक्षा गर्ने माओवादी नै रहेछ भन्ने बुझाई जनतामा देख्छु’, प्रचण्डको भनाइ छ ।

उनले नेपालको अर्थतन्त्रमा देखिएको सङ्कटबारे पनि चर्चा गरे । ‘नेपालमा केही आफ्नै प्रकृतिका समस्या छन्, अन्तर्राष्ट्रिय कारणले पैदा भएका समस्या, राष्ट्रिय कारणले पैदा भएका समस्या, नीतिको कमजोरीका कारणले पैदा भएका समस्या या विविध कारणले आएका समस्याको समीक्षा गर्‍यो भने सम्हाल्न सकिने ठाउँमै छ’, प्रचण्डको भनाइ छ । उनले नेपालको आर्थिक अवस्था सम्हाल्न नसकिने अवस्थामा नपुगेको दाबी पनि गरे ।

‘मैले केही अर्थविदहरुसँग छलफल पनि गरिरहेको छु । नेपालको अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय खोज्नुपर्ने हुन्छ । अर्थतन्त्र डरलाग्दो त होइन तर गम्भीर समीक्षा गरिएन र नियन्त्रणका उपाय अवलम्बन गरिएन भने भोलि अप्ठेरो स्थिति आउन सक्छ ।’

उनले यसबारे प्रधानमन्त्रीसँग पनि आफूले कुरा गरेको भन्दै राजनीतिक गठबन्धनको तर्फबाट पनि समस्याको समाधान गर्ने पहल भइरहेको बताए । ‘हामी उपाय निकाल्छौ र यो स्थितिलाई सम्हाल्छौ’, प्रचण्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस