२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पल शाहको निवेदनपछि उच्च अदालतद्धारा कैफियत प्रतिवेदन माग गर्न आदेश

अ+ अ-

काठमाडौँ । उच्च अदालत पोखराले अभिनेता पल शाहको मुद्दासम्बन्धी कैफियत प्रतिवेदन माग गर्न आदेश दिएको छ । शाहले साधारण तारेखको माग गर्दै मङ्गलवार अदालतमा निवेदन दिएका थिए ।

बुधवार अदालतमा भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

कैफियत प्रतिवेदन आए लगत्तै सरकारी वकिल र शाहका कानुन व्यवसायीको पूर्ण बहसपछि उनलाई तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामै राख्ने आदेश आउने आचार्यले बताए ।

म्युजिक भिडियोको सुटिङका क्रममा चिनजान भएसँगै विवाह गर्ने भनी प्रेमको झुटो आश्वासन दिएर शाहले आफूलाई पटक पटक करणी गरेको भन्दै नाबालिगले ११ फागुनमा शाहविरुद्ध उजुरी दिएकी थिइन् । आफू विरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा प्रहरीसमक्ष पुगेका थिए ।

थुनछेक बहसपछि १० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो । अदालतको आदेशविरुद्ध मङ्गलवार शाहले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले अदालतमा निवेदन दिएका थिए ।

थुनामा राख्न गरिएको जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएकोले थुनामुक्त गरी साधारण तारेखमा राखेर अनुसन्धान गर्न निवेदनमा माग गरिएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम शाहलाई तत्काल पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस