१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामारी र विपद् सामना गर्न संयुक्त तयारी गरौँ: प्रधानमन्त्री देउवा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेको भन्दै आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रूपमा तयारी गर्नुपर्ने बताएका छन् ।

श्रीलङ्काको कोलम्बोमा भइरहेको पाँचौँ बिमस्टेक समिटमा काठमाडौँबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट अझ राम्रोसँग पुन: स्थापना गर्न र भविष्यमा कुनै प्रकोप र विपद्बाट जोगिन राम्रो तयारीका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’

कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौँ नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको भन्दै देउवाले महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए ।

महामारी सामना गर्न हरित, लचिलो र समावेशी पुनर्स्थापनाको योजना बनाउनुपर्ने पनि प्रधानमन्त्री देउवाले बताए । त्यसका लागि खोपको पर्याप्तता, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षाका योजनालाई बढावा दिनुपर्ने भन्दै उनले संरचनात्मक सुधारका साथै भौतिक र मानवीय पुँजीमा लगानी बढाउनुपर्ने बताए ।

बिमस्टेक क्षेत्र जलवायु परिवर्तनका कारण पनि खतरामा रहेको भन्दै यस विरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस