२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युनेस्कोको नीति सम्मेलन : नेपाली अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्ने अवसर

अ+ अ-

काठमाडौँ । युनेस्कोको आयोजनामा फ्रान्सको पेरिसमा हालै सम्पन्न उच्चस्तरीय नीति सम्मेलनमा नेपाली युवा अनुसन्धानकर्तालाई दक्षिण एसियाको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने अवसर प्राप्त भएको छ ।

कोभिड–१९ महामारीले युवामा पारेको असरबारे नेपाली युवा अनुसन्धानकर्ता आर्या मानन्धरले विभिन्न मुलुकका मन्त्रीहरू बिच अध्ययनबारे प्रस्तुतीकरण दिँदै कोरोनाको प्रभाव कम गर्न दृष्टिकोण आदानप्रदान गर्ने अवसर प्रदान तथा स्रोतमा पहुँच पुर्‍याउनुका साथै मनोसामाजिक परामर्शको आवश्यकतामा जोड दिएकी छन् ।

अनुसन्धानमा दक्षिण एसियाका अन्य अनुसन्धानकर्ता रहे पनि युनेस्कोले प्रस्तुतीकरणमा नेपाली अनुसन्धानकर्ता मानन्धरलाई उक्त क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागिता गराएको थियो ।

उनले भनिन्, ‘दक्षिण एसियाको प्रतिनिधित्व गरेर सहभागी हुनु नेपाली कै लागि गर्वको कुरा हो, अझ विभिन्न मञ्चमा मन्त्रीहरूको भाषण सुनिन्थ्यो भने यसपालि हामीहरूका कुरा मन्त्रीलाई सुन्न मात्र लगाइएन, आपसी प्रश्नोत्तरसमेत भएकाले जबाफदेहीताका लागि घचघच्याउने काम पनि भएको छ, प्रतिबद्धताको पछि हामीले फलो अप पनि गर्न सक्ने छौँ ।’

उक्त सम्मेलन महामारीको प्रभावलाई सम्बोधन गर्न तथा सङ्कट समाधानका लागि दिगो व्यवस्थापन, विश्वव्यापी योजनामा सहभागी गराउन महत्त्वपूर्ण उपलब्धि भएको महसुस गरिएको छ ।

त्यसअघि विभिन्न मुलुकका ३४ अनुसन्धानकर्ताले १६ महिना लगाएर महामारीमा युवा वर्गमा परेको प्रभावबारे अनुसन्धान गरेका थिए । कोभिडका कारण युवामा मानसिक स्वास्थ्यदेखि मानवअधिकारसम्म, सिक्ने सीपदेखि जीविकोपार्जनसम्म र युवा नेतृत्वदेखि उनीहरूको प्राविधिक भूमिकासम्ममा असर पारेको अनुसन्धानको निष्कर्ष छ ।

सम्मेलनमा नेपाली अनुसन्धानकर्ता मानन्धरले अनुसन्धानमा महामारीको प्रभाव असमान रहेको र युवा स्वयंसेवक समूहमा स्रोतमा पहुँच कम सुरक्षित संरक्षणको अभाव तथा मनोवैज्ञानिक र मनोसामाजिक अवस्थामा असर परेको फेला पारिएको जानकारी गराएकी थिइन् ।

युवामा श्रम तथा रोजगारी नहुनु, दोहोरो श्रमलगायतका कारण मानसिक स्वास्थ्य समस्या बढेको पाइएको छ । युवा स्वयंसेवकको शारीरिक र मनोवैज्ञानिक जोखिमलाई ध्यानमा राख्दै, सुरक्षित र समावेशी नीति अवलम्बन गर्नुपर्ने उनको सुझाव छ ।

उनले अन्तर देशीय र समावेशी युवा नीतिको कार्य योजना जरुरी रहेको र त्यस नीतिले कम आय भएका देशका युवा, त्यसमा पनि महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन् । उनले त्यस्ता युवा स्वयंसेवकलाई प्रोत्साहित गर्न ऐक्यबद्धता र एकता जरुरी रहेको औँल्याएकी छन् ।

सम्मेलनमा युनेस्कोको सामाजिक र मानव विज्ञान क्षेत्रका सहायक महानिर्देशक गाब्रिएला रामोस तथा सामाजिक र मानव विज्ञान प्रमुख जुआन पाब्लोको समेत सहभागिता थियो । प्रारम्भिक चरणमा अनुसन्धानकर्ता युवाको ज्ञान साझेदारी बैठक गत अक्टोबरमा भएको थियो ।

उक्त बैठक युवा अनुसन्धानकर्ताले सरकार, शिक्षाविद्, नागरिक समाजका प्रतिनिधि र नीति विशेषज्ञसँग अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण आधार तय भएको थियो । यही चैत ११ गते सम्मेलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस