२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले चुनाव लड्ने

अ+ अ-

जलेश्वर । आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पुनः त्यही पदमा उम्मेदवारी दिइने भएका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका प्रमुख तथा अध्यक्षले पुनः स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको बताइएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको हो ।

जिल्लाको १५ स्थानीय तहमध्ये छ वटामा लोसपा नेपाल, चारमा (नेकपा माओवादी) केन्द्र, तीनमा नेपाली काँग्रेस र एउटा÷एउटामा नेकपा एमाले एवम् जसपा नेपालका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचन–२०७४ मा लोसपाबाट जलेश्वर नगरपालिकाका प्रमुखमा राम शङ्कर मिश्र, मटिहानी नगरपालिकाका प्रमुखमा हरिप्रसाद मण्डल, मनरासिस्वा नगरपालिकाका प्रमुखमा सञ्जयकुमार सिंह, भङ्गहा नगरपालिकाका प्रमुखमा सञ्जीवकुमार साह, एक रडा गाउँपालिकाका अध्यक्षमा रामछविला साह र महोत्तरी गाउँपालिकाका अध्यक्षमा सुनिलकुमार राय निर्वाचित भएको थियो । आसन्न स्थानीय तहको निर्वाचनमा पनि उनीहरूलाई पार्टीले पुनः उम्मेदवार बनाउने तयारी गरेको लोसपा महोत्तरीले जनाएको छ ।

त्यस्तै स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाको प्रमुखमा क्रमशः विदुरकुमार कार्की, शिवनाथ महतो र अशोककुमार मण्डल निर्वाचित भएको थियो ।

उनीहरू पनि आसन्न स्थानीय तहको निर्वाचनमा सो पार्टीका तर्फबाट पुनः प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । यसै गरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट सम्सी गाउँपालिकाका अध्यक्षमा निर्वाचित शेष फारुख अहिले नेकपा एमालेमा प्रवेश गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा उहाँले एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिइने लगभग निश्चित भएको बताइएको छ ।

यसै गरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेपाली काँग्रेसबाट जिल्लाको बलवा, लोहारपट्टी र औरही नगरपालिकाका प्रमुखमा क्रमशः विनोदकुमार यादव, शैलेन्द्र यादव र सुनिलकुमार यादव निर्वाचित भएका थिए ।

आसन्न निर्वाचनमा उनीहरू पुनः सोही पार्टीबाट सोही पदमा उम्मेदवारी दिने तयारी भइरहेको चर्चा छ । त्यस्तै गत निर्वाचनमा जसपा नेपालबाट सोनमा गाउँपालिकाका अध्यक्षमा निर्वाचित राजकुमार यादव र नेकपा एमालेबाट पिपरा गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित विक्रम चौधरीले पनि आसन्न स्थानीय तहको निर्वाचनमा सोही पदमा उम्मेदवारी दिइने बताइएको छ ।

पिपरा गा।पा।मा २०७४ मा लोसपा नेपालकै विनोदकुमार चौधरी निर्वाचित भएका उनको कार्यकाल नसकिँदै मृत्यु भएपछि २०७६ भएको उपनिर्वाचनमा तत्कालीन (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) मिलेर बनेको नेकपा एकीकृतबाट विक्रम चौधरी निर्वाचित भएका थिए । उनी अहिले नेकपा एमालेबाट उम्मेदवार बन्ने चर्चा छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता, २५८ मतदान स्थल र ४९७ मतदान केन्द्र कायम भएको छ । सबैभन्दा बढी बर्दिबास नगरपालिकामा २८ मतदान स्थल, ५८ मतदान केन्द्र र ४४ हजार ४६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सबैभन्दा कम जिल्लाको महोत्तरी गाउँपालिकामा १२ मतदान स्थल, २२ मतदान केन्द्र र १७ हजार ४३६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस