बुटवल । युक्रेनमाथिको आक्रमण र युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलसहित देशभर प्रदर्शन गरेको छ ।
बुटवलको राजमार्ग चौराहामा भएको प्रदर्शनका सहभागीहरूले ‘युक्रेनमाथि आक्रमण बन्द गर’,‘रुसी सैनिक तत्काल फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले युक्रेनमाथि आक्रमणले बालबालिका र महिलासहित हजारौँ निहत्था मानिसको हत्या गरेर मानवता विरुद्धको अपराध भएको बताए ।