२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त प्रणालीको सुरुवात गरेका हुन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त प्रणाली प्रयोगमा आएसँगै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामी भएका, घटना घटेको एक वर्षभित्र पीडितले क्षतिपूर्ति दाबी गर्न सक्ने जानकारी दिए ।

सेवा लिनुपर्ने नागरिकले वैदेशिक रोजगार वार्डको वेबसाइटमा गएर श्रमिक कल्याणकारी सेवाहरू प्राप्त गर्न सक्नेछन् । वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनअनुसार श्रम स्वीकृति लिएर विदेश गएको नागरिकको हकमा उक्त सेवा प्राप्त गर्न सकिने छ ।

नियमावलीअनुसार मृत्यु, अङ्गभङ्ग, गम्भीर बिरामी भएमा नियमानुसार पाइने आर्थिक सहायता, शैक्षिक छात्रावृत्ति, श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च र अलपत्र शव नेपाल ल्याउने, अलपत्र श्रमिकलाई नेपाल झिकाउने, निःशुल्क शव ढुवानी सेवालगायत सेवाहरू पीडितले प्राप्त गर्न सक्ने बताइएको छ ।

योसँगै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको इच्छाइएको व्यक्तिले नियमानुसार पाउने बिमा रकमको भुक्तानीका लागिसमेत सेवाग्राहीले यस प्रणालीको प्रयोग गर्न सक्नेछ ।

सोही अवसरमा मन्त्री श्रेष्ठले स्थानीय तहमा सूचीकृत बेरोजगारहरूलाई कार्यस्थलमा तालिम दिन ६ वटा विभिन्न विषयमा व्यावहारिक सीप तालिम उपलब्ध गराउने गरी पाठ्यक्रम निर्माण गरिएको जानकारी दिए ।

त्यसै गरी नयाँ वैदेशिक रोजगार नीति तर्जुमाका लागि गृहकार्य अघि बढाएको, श्रमिक अस्पताल निर्माणका लागि तयारी अघि बढाइएको, विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुनः फर्कन पाउने व्यवस्था भएको पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस