२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मल्कवाङमा पाँच महिनापछि पुन: बिजुली

अ+ अ-

म्याग्दी । पहिरोले क्षति पुगेर बन्द भएको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित नन्दीवाङ खोला लघु जलविद्युत् परियोजना पुनः निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

केन्द्रीय प्रसारण लाइनको विद्युत् नपुगेको मल्कवाङको नन्दीवाङमा कात्तिक २ गतेको पहिराले करिब ४० मिटर पाइपलाइनमा क्षति पुर्‍याएको थियो ।

धवलागिरि गाउँपालिकाको रु नौ लाख अनुदान सहयोगमा नयाँ पाइपलाइन खरिद र जडान गरेर पाँच महिनापछि बिजुली बालिएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिइन् ।

‘कात्तिकदेखि अन्धकार भएको मल्कवाङमा बिजुली बल्न थालेको छ’, उनले भनिन्, ‘पहिराले क्षति पुगेको पाइप परिवर्तन गरेर परियोजना सञ्चालन गरिएको हो ।’

बयालिस किलोवाट क्षमताको परियोजनाबाट मल्कवाङ, भेडिखाल्टा, मलम्पार र छिमेकी वडा नं ६ को बुलका ३५० घरधुरीमा विद्युत् उपलब्ध गराइएको परियोजनाका अध्यक्ष दलमान छन्त्यालले बताए ।

विसं २०७३ मा दुई करोड १७ लाख ७९ हजार २६१ को लागतमा निर्माण गरिएको जलविद्युत् परियोजनामा पाँच महिनाअघि आएको बाढीले क्षति पुर्‍याएपछि बन्द भएको थियो ।

यसैगरी धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनामा भदौ २० गते दरखोलामा आएको बाढीले विद्युत् गृह, बाँध र नहर बगाएर बन्द भएपछि पुनः निर्माण गरिएको छ ।

गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा उक्त परियोजना मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले बताए ।

खोलाको किनारदेखि केहीमाथि सुरक्षित ठाउँमा विद्युत् गृह निर्माण भएका कारण परियोजनाको उत्पादन ४३ किलोवाटबाट घटेर ३५ किलोवाटमा सीमित भएको छ ।

सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् । सो आयोजनाको मुहानमा २५ मिटर कुलो र विद्युत् गृहको नयाँ भवन निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस