काँग्रेसको तुलना अरुसँग हुनै सक्दैन : प्रकाशमान सिंह « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेसको तुलना अरुसँग हुनै सक्दैन : प्रकाशमान सिंह


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कामको कुरामा नेपाली काँग्रेससँग अरु दलहरुको तुलना हुनै नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस जनताको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको दाबी गर्दै उनले देश सङ्कटमा परेको बेला निकास दिने र विकासको काम गर्ने कुरामा काँग्रेस सधैँ अगाडि रहेको उनले दाबी गरे ।

काँग्रेस नेतृत्वको सरकारले नै नयाँ संविधान जारी गरेको, संसद् विघटनको कारण संविधान र लोकतन्त्र माथि प्रहार भएको बेला परिस्थितिलाई सम्हालेर काँग्रेसले नै निकास दिएको उनले बताए ।

नेपाली काँग्रेसको एक महिने चुनावी अभियान अन्तरगत आज (आइतबार) काठमाडौँको नयाँबानेश्वरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

स्थानीय निर्वाचनका सबन्धमा काँग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने समेत उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस