नेपालका दुवै ओपनर आउट, कुशल रोयल डक « प्रशासन
Logo २१ असार २०७९, मंगलबार
   

नेपालका दुवै ओपनर आउट, कुशल रोयल डक


१२ चैत्र २०७८, शनिबार


काठमाडौं । पपुवा न्यु गिनीविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले तीन ओभरभित्र नै दुवै ओपनरलाई गुमाएको हो ।

नेपाली टिमका ओपनर कुशल भुर्तेल प्लेटिनम (रोयल) डक भए । कुशल खेलको पहिलो बलमै आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोयल डक भनिन्छ ।

पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् ।

यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए ।

दुवै विकेट अलेई नाओले लिए । टीयू मैदानमा नेपाल टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस