२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी छोडेर चोक्टा खान गएकालाई वैशाख ३० मा झोलमा डुबाउँछौँ : अध्यक्ष ओली

अ+ अ-

उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिएका छन् । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको उनले बताए ।

‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो,’एमाले उदयपुरमा जनसभालाई आज (शुक्रबार) दिउँसो सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने,‘पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ ।’ उनले सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी नआएको बताए ।

पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उद्घोष गरे ।

उनले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको बताए ।

‘हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौँ,’ उनले भने, ‘निकट भविष्यमा नै चुनाव आउँदै छ, त्यसमा पुन: जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौँ ।’ उनले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने दाबी गरे ।

समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै ओलीले यसलाई एमालेले मात्र अघि बढाउन सक्ने बताए ।

ओलीले आफू प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, विभिन्न राजमार्ग, अस्पताल, सडक, कृषि, पूर्वाधारका लागि पर्याप्त बजेट थियो र त्यहीअनुसार काम भए, तर अहिले तिनै योजना बजेट भएन भन्दै कटौती गर्नु लज्जास्पद भएको बताए ।

‘बजेट परिचालन र खोजी गर्न क्षमता चाहिन्छ,’ उनले भने, ‘त्यो क्षमता नभएकै कारण आफ्ना पालामा भएका विकास निर्माणका काम, शिलान्यास, उद्घाटन सबै बजेट अभाव देखाउँदै रोकिनु दुखद छ ।’

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता, कार्यकर्तालाई ओलीले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पतालको भवन र सेवा उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका अध्यक्ष ओली करिब तीन घण्टापछि राजधानी फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस