२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा १३ दल दर्ता

अ+ अ-

बलेवा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठुला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो ।

आयोगले तोकेको समयमा बागलुङमा क्रियाशील रहेका १३ दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख नारायणदत्त शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १३ दलले चिन्हका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए ।

दल दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पार्टी, विवेकशील साझा पार्टी, नेकपा माले, नेपाली काँग्रेस (विपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाईजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल र मौलिक जरोकिलो पार्टी रहेका छन् ।

राष्ट्रिय पार्टीको मान्यता नपाए पनि बागलुङमा तेस्रो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चाले पनि आफ्नो चिन्हका लागि दल दर्ता गराएको छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा बागलुङमा आठ दल निर्वाचनमा सहभागी भएका थिए ।

निर्वाचन कार्यालयका अनुसार स्थानीय तह निर्वाचन कार्यक्रमको तयारी तीव्र बनाइएको छ ।

निर्वाचनको तयारीस्वरुप कार्यालयले यही चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ । निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ ।

एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ । बागलुङमा १०३ मतदान स्थलमा २०१ मतदान केन्द्रबाट मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस