डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–१ साउँ खर्कमा सुख्खा पहिरोले सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ ।
सडक माथिबाट आएको पहिरोका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सुख्खा पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका सवारी साधनबीच बाटोमै रोकिएका छन् ।
सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिए ।