मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भिडियो संवाद हुने « प्रशासन
Logo २४ मंसिर २०७९, शनिबार
   

मन्त्री आले र भारतीय अभिनेता सलमान खानबीच भिडियो संवाद हुने


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो संवाद हुने भएको छ ।

भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो संवाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ ।

अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग संवाद गर्नुहुने कार्यक्रम तय भएको हो ।

दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो । तर कोभिड–१९ को उच्च जोखिमका कारण रोकिएको उहाँको कार्यक्रम पुनः हुने भएको हो ।

ओडिसी इन्टरटेनमेन्टले सो ।कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ । आगामी जेठ १८ मा हुने सो कार्यक्रममा अभिनेता खानसँगै अन्य भारतीय कलाकार पनि नेपाल आउने बताइएको छ । भारतीय अभिनेता खान नेपाल आउँदा यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस