निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा सार्वजनिक यातायात बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा सार्वजनिक यातायात बन्द


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्।

व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्।

निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका छन्।

सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले रातो प्लेटका सवारी साधनले यात्रु बोक्ने गरेको बताए। यसमा प्रशासनले चासो नदेखाएपछि सार्वजनिक यातायात नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले यसबारे यातायात व्यवसायीसँग छलफल गरिने बताए।

‘छलफलका लागि उहाँहरूलाई बोलाएका छौँ, गाडी बन्द नगर्नुस् भनेका छौँ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस