अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित


८ चैत्र २०७८, मंगलबार


लस एन्जलस । अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन् । 

अमेरिकाको बालबालिका अस्पताल सङ्घले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ठुलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन् ।

‘यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,’ एक अधिकारीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस