२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुवा खालबाट चोरी भएको चेक आरोपीलाई फिर्ता दिँदा प्रहरीको कमजोरी देखिएको छानबिन समितिकाे निष्कर्ष

अ+ अ-

काठमाडौँ । जुवा खालबाट ‘चोरी भएको’ भनिएको चेक आरोपीलाई नै फिर्ता दिएको घटनामा प्रहरीको कमजोरी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गत २२ असोजमा बानेश्वरको संसद् भवन पछाडिबाट ‘हराएको भनिएको’ ७ वटा चेक प्रहरीले गुपचुप रूपमा आरोपी भनिएकै व्यक्तिलाई फिर्ता दिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो ।

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालय, नक्सालले बनाएको प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशलाल कर्ण नेतृत्वको समितिले घटनामा प्रहरीले कमजोरी गरेको निष्कर्ष निकालेको हो ।

काठमाडौँमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंह हुँदा यो घटना भएको थियो । उनले आफ्नो सरुवा हुने दिन चेक आरोपीलाई नै फिर्ता दिएका थिए । छानबिन समितिका एक सदस्यका अनुसार प्रहरीले क्षेत्राधिकारबाहिर गएर बद्नियतपूर्ण तरिकाले अनुसन्धान गरेको निष्कर्ष निकालिएको छ ।

पीडित भनिएका सिन्धुलीका राजकुमार बरालको चेक जुवा खेल्ने क्रममा सुभाष भेटवालले लगेका थिए । बरालले जुवा खालबाट आफ्नो चेक हराएको दाबी गरेका थिए । बरालले दिएको उजुरीमा उल्लेख भएअनुसार उनी जुवा खालमा बसेका बेला सुवास भेटवाललगायतले बैङ्क अफ काठमाडौँको चेक लगेका थिए ।

उजुरीमा भनिएको छ, ‘भेटवालले मलाई समेत रक्सी खान जबरजस्ती प्रेसर गरी रक्सी खान दिई मलाई जबरजस्ती तास खेल्न दबाब दिन थाले । त्यो दिन मसँग साथमा चेक बुक पनि थियो, बिहान मदिराले छोडेपछि घर गएर सुतेको थिएँ, उठेर हेर्दा खाली चेक चोरी भएको रहेछ ।’

यसपछि उनले चेक हराएको भन्दै खोजीका लागि प्रहरी वृत्त, बानेश्वर र काठमाडौँ प्रहरी परिसर, टेकुमा पनि उजुरी दिएका थिए । बैङ्कमा पनि चेक हराएको भन्दै निवेदन पर्‍यो । त्यसपछि काठमाडौँका तत्कालीन एसएसपी अशोक सिंह र मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दले भेटवाललाई बोलाएर २ करोड २९ लाख रुपैयाँ बराबरको चेक बरामद गरेको बरालले बताएका थिए ।

उनले भनेका छन्,‘एसएसपी साबले परीक्षणका लागि भन्दै अर्को हस्ताक्षर लिनुभयो, मलाई पठाउनु भयो । दसैँपछि मलाई जुवामा मुद्दा चलाउँछु भन्दै उल्टै धम्की दिन थालियो, चेक भेटवाललाई नै फिर्ता दिनुभयो ।’ बरालले एसएसपी सिंहले सरुवा भएर जाने वेला भेटवाललाई चेक दिँदा आफू मर्कामा परेको बरालको भनाइ थियो ।

छानबिन समितिका एक सदस्यका अनुसार घटनास्थलमा गएर मुचुल्कासमेत गरिसकेको अवस्थामा एसएसपी सिंहले जुवा सम्बन्धी मुद्दा चलाउनुपर्ने थियो । तर उनले त्यसमा अनुसन्धान नगरी चेक फिर्ता गरेकाले नियत ठिक नदेखिएको उनी बताउँछन् ।

घटनामा एसएसपी सिंह लगायतको कमजोरी देखिए पनि कारबाही गर्न चाहिँ प्रतिवेदनमा सिफारिस गरिएको छैन । समितिमा ती सदस्य भन्छन्, ‘हामीले कमजोर औँल्याइदिएका छौँ, कारबाही गर्ने नगर्ने माथिल्लो निकायको कुरा हो ।’

एसएसपी सिंहले बरालले सहमतिमै चेक दिएको देखिएकाले फिर्ता गरिएको बताउने गरेका छन् । ‘हामीले सिसी टिभीको फुटेज पनि हेरेका थियौँ, त्यसमा जोर जबरजस्ती केही देखिएपछि फिर्ता गरिएको थियो, ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस