१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक छेउका फोहोर व्यवस्थापन हुन एक साता लाग्ने

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाको सडक चोक चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ ।

चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहोर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र गत फागुनमा २३ दिन विभिन्न बहानामा फोहोर व्यवस्थापन हुन सकेन ।

लामो समयदेखि फोहोर रोकिएको हुनाले नियमितरुपमा व्यवस्थापन कार्य हुँदा पनि एक साता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गराइन् ।

‘घरबाट फोहोर बाहिर निकाल्दैमा फोहोरको व्यवस्थापन हुँदैन, सडकमा जथाभाबी फोहोर हुनु भनेको पनि थप समस्या हुनु हो’, प्रमुख राईले नागरिकलाई आग्रह गर्दै भनिन्, ‘फोहोरको गाडी लिन आएपछि मात्रै घरबाट फोहोर निकालेर व्यवस्थापन गर्नु सहज हुन्छ ।’

फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयले फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै स्थानीयवासीले गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।

त्यसै गरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयले निर्माण स्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयलाई निःशुल्क स्वास्थ्योपचार गराउनुपर्नेजस्ता माग राखेका छन् ।

सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापन स्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहोर राख्न मिल्ने जनाएको छ ।

हाल फोहोर व्यवस्थापन स्थल सिसडोल भरिएको र निर्माणाधीनस्थलमा पनि फोहोर राख्न सुरु गर्नु पूर्व नै स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुने देखिएको कामपाको भनाइ छ ।

उपत्यकामा दैनिक एक हजारदेखि एक हजार २०० टनसम्म फोहोर निस्कने गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहोर निजी र महानगरका गरी दैनिक २०० भन्दा धेरै टिपर–ट्रकबाट लगिनेछ ।

प्रतिक्रिया दिनुहोस