युक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसङ्घ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

युक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसङ्घ


८ चैत्र २०७८, मंगलबार


जेनेभा । रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म युक्रेनबाट झन्डै ३५ लाख मानिस विस्थापित भएका छन् ।

राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् ।

त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु युक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो ।

युक्रेनमा छिमेकी ठुलो मुलुक रुसले गत फेब्रुअरी २४ देखि आक्रमण गरेको हो । आक्रमण र वार्ता अहिले पनि जारी छ । तर वार्ताले नतिजा दिन सकेको छैन ।

‘पछिल्लो झन्डै चार हप्ता विश्वको ध्यान युक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ,’ यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस