१८ अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१८ अङ्कले बढ्यो नेप्से


७ चैत्र २०७८, सोमबार


शेयर बजार

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ ।

कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो ।

कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । बैङ्किङ ५, विकास बैङ्क १३२, फाइनान्स ५६, जलविद्युत् ८३, जीवन बीमा १६८, उत्पादन ३३, लघुवित्त ३३, निर्जीवन बीमा ४६ र व्यापार उपसमूह २८ अङ्कले बढे । अन्य ४२ र होटल तथा पर्यटन उपसमूह १३ अङ्क घटे ।

इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ५७१.७० रुपैयाँ पुगेको छ । ङादी ग्रुप पावरको मूल्य ७.६ प्रतिशत बढ्यो । नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै २.९ प्रतिशत घट्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता १५०४ रुपैयाँ कायम भएको छ ।

कारोबार रकमका आधारमा टेलिकम, अरुणभ्याली, जीवन विकास लघुवित्त, अपी पावर र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस