२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा बढे पर्यटक

अ+ अ-

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो ।

केही दिनयता म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकहरुको चाप बेनी–जोमसोम सडकमा बढेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख ऋषि बरालले अहिले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए ।

‘सडक र हवाई मार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको उपस्थिति बढेको छ ।’

म्याग्दी भएर दैनिक ५० बस, १५० जिप र दुई सयका दरले मुस्ताङमा पर्यटकका सवारी साधन भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी प्रमुख इन्द्रबहादुर नेपालीले बेनीको कालीपुल पोस्ट र भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकीले मुस्ताङ भित्रिने र बाहिरिने सवारी साधनको अभिलेख राख्ने गरेको बताए ।

कोरोनाविरुद्धको खोपको पहुँच बढेपछि सङ्क्रमण घटेको, पर्यटकीयस्थलमा लगाइएको प्रतिबन्ध हटाएर खुला गरिएको र अनुकूल मौसमका कारण पनि पर्यटकको चहलपहल बढेको हो ।

मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, लेतेलगायत पर्यटकीयस्थलमा अहिले पर्यटकको जमघट देखिन्छ ।

आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट समूह बनाएर आन्तरिक पर्यटक भ्रमणमा आएका जोमसोम निवासी सम्झना थकालीले बताए । चीनको सिमानास्थित कोरला नाकासम्म नै सडक पुगेको छ ।

यातायातको सहज पहुँच र यात्राको खर्च सस्तो हुनाका साथै समय पनि छोटिएको छ । विसं २०७६ चैत महिनादेखि कोरोना ९भाइरस०को महामारी फैलिएपछि पछिल्ला दुई वर्ष मुस्ताङमा पर्यटकीय गतिविधि सुनसान थियो ।

पर्यटक नआउँदा करोडौँको लगानीमा खोलिएका होटल तथा रेस्टुरेन्ट सुस्ताएका थिए । पर्यटकको चहलपहल बढेसँगै थलिएको होटल व्यवसाय पुरानै लयमा फर्कने आशा व्यवसायीहरुको छ ।

मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीहरुलाई पनि राहत मिलेको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष बाबुराम आचार्यले बताए। बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलहरु पाहुनाले भरिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस